काठमाडौँ ७ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नहुने बताएको छ ।
मंगलबार देखि चलेको पार्टीको केन्द्रिय कमिटिको बैठक आज बिहिबार सकिएसँगै एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने जनाएको हो ।
एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर मात्र अनुमोदन गरिने पार्टीले बताएको छ । राष्ट्रिय सहमतिको आधारमा एमसीसीलाई अगाडी बढाउनुपर्ने नेकपा एसले जनाएको छ ।