काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम निद्रामा पनि गलत नलागेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने भन्दै संसद विघटन आफुलाई गलत थियो भन्ने नलागेको बताए । अरु कारण, परिस्थितिले प्रभावित ग सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने हो उनले भने ।
‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि गलत लागेको छैन’ प्रधानमन्त्री ओलीले अघि, ‘अदालतले ठीक छैन भन्यो । संविधानको जिवित व्याख्या गर्ने हो र अहिलेसम्मको गति हेर्ने हो भने डुंगा त गन्तव्यतिर गए जस्तो लाग्दैन ।’ उनले भने । त्यस्तै पुनरावलोकनमा जाने ठाउँ हुने भएपनि आफूहरुले झगडियाको बाटोमा नगएको ओलीले बताए ।