कमलको घरमा प्रहरीले मार्यो छापा ,अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे समातिए — OSNepal

कमलको घरमा प्रहरीले मार्यो छापा ,अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे समातिए

LC (KTM) September 23, 2021 0

काठमाडौँ, ७ असोज – नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर