काठमाडौं ७ असोज । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा विवाद भएपछि हेरफेर गरिएको छ ।
पदाधिकारी हेरफेर गरिएसँगै उपाध्यक्षको संख्या ६ जना र एक जना सचिव थप गरिएको छ । पार्टीमा विवाद र्सिजना भएपछि सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र
बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।
त्यसैगरी सचिवमा राजेन्द्र राई थपिएका छन् । यस अघि राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्षमा चयन भएका थिए ।
मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । उनी अध्यक्ष माधव नेपाल ,वरिष्ठ नेता झलनाथ खनाल पछिका तेस्रो वरियततामा रहेका हुन् ।