सिरहा- सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् ।चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको र आमालाई बचाउने क्रममा अश्वनीलाई करेन्ट लागेपछि उनको मृत्यु भएको बताइएको छ ।
करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि गाउ नै शोकमा डुबेको छ ।