बैतडीमा एक व्यापारी पसल अगाडी मृत फेला ,टाउको, छाती र शरीरमा चोटै चोट — OSNepal

बैतडीमा एक व्यापारी पसल अगाडी मृत फेला ,टाउको, छाती र शरीरमा चोटै चोट

LC (KTM) September 23, 2021 0

बैतडी- बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर