राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट दायर — OSNepal

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट दायर

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । एउटा सरकार भइरहेको अवस्थामा अर्को नयाँ सरकार गठन गरेको विरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दायर भएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि संविधानको धारा ७६(५) बमोजिम आज साँझ सम्मको समय विपक्षी दलहरुलाई दिएकी थिइन् ।

प्रधानमन्त्रीले संविधानको धारा ७६(३) बमोजिम विश्वासको मत नलिई र राजीनामा पनि नदिई नयाँ सरकार गठनको लागि राष्ट्रपति समक्ष संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर