प्रहरीले छापा मार्दा १८ लाख नगदसहित १३ जना पक्राउ — OSNepal

प्रहरीले छापा मार्दा १८ लाख नगदसहित १३ जना पक्राउ

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले १३ जनालाई जुवा खेल्दै गदाए पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई काँडाघारी बस्ने उत्तम दाहाल, मणि दाहाल, सुवास तामाङ, नारायण दाहाल, सुन्दर अधिकारी, नयाँ बस्ती बस्ने सरोज तामाङ र कञ्चनपुर घर भएका प्रवीण खड्का लगायत रहेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पेप्सीकोलामा सञ्चालित विदुर दाहालको ‘मिनी क्यासिनो ’मा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले १८ लाख ७५ हजार बरामद गरेको छ । जुवा खेल्दा प्रयोग हुने १ सय ६० वटा क्वाइन र ७ गड्डी तास पनि प्रहरीले बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर