खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा बन्दुक सहित दुई जना पक्राउ — OSNepal

खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा बन्दुक सहित दुई जना पक्राउ

LC (KTM) September 23, 2021 0

डोटी ७ असोज । एक थान फरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् ।

निजहरुलाई खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले क थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको छ ।

पक्राउ परेका निजहरुलाई थप अनुशन्धानको लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर