मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी ९काफ्ले० को मृत्यु भएको तीन दिनसम्म पनि पोस्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्वन्द्वका कारण पोस्टमार्टम हुन नसकेको हो ।
आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । माइती पक्षले शव उठाउन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दबाबका कारण पो,स्टमार्टमका लागि धरान लगेको पीडितका आफन्तको दाबी छ । तर अहिलेसम्म पोस्टमार्टम नहुनुले आशङ्का उत्पन्न गराएको मृतककी सानिमा रमिला गिरी बताउँछिन् ।
‘सोमबार नै प्रहरी प्रशासनले पोस्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पोस्टमार्टम गरेन, उनले भनिन्, ‘रोजिनाको मृत्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुरक्षामा थिए । प्रहरीले कसरी पक्राउ गर्न सकेन रु २४ घण्टाभित्र गरिसक्नुपर्ने पोस्टमार्टम अहिलेसम्म नहुँदा शङ्का उब्जिएको छ । ’