काठमाडौंअसोज ७ । नेपाली कांग्रेसका नेता डा रामशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्ने क्रममा पार्टीभित्रको सन्तुलन मिलाउन नसकेको आरोप लगाएका छन् । आज बिहान एक कार्यक्रममा बोल्दै नेता महले देउवामाथि यस्तो आरोप लगाएका हुन् ।
उनले पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परार्मश नगरी एक लौटी निणर्यले मन्त्री बनाएको भन्दै यस्तो परम्परा कांग्रेसमा नभएको बताएका हुन् । एक पक्षको मात्र मन्त्री बनाउन नमिल्ने बताएका उनले प्रधानमन्त्रीले रामचन्द्र पौडेलसँग परामर्श गर्छु भनेको तर अहिलेसम्मको मन्त्रीबारे छलफल नगरेको समेत बताएका छन् ।
हामी भागबन्डाभन्दा पनि सन्तुललित, सही र उपयुक्त मान्छे हुनुपर्छ भन्ने पक्षमा छौं ’ उनले भने । साथै उनले महाधिवेशनमा सभापतिको विषयमा निर्विरोध होस् भन्ने चाहेको बताएका छन् ।
उनले भने, ‘सभापति वा पदाधिकारी को हुने भन्ने कुरा मनोनयन दर्ताको दिन थाहा हुन्छ । को हुन्छ, को हुँदैन भन्ने खालको व्यक्तिगत बहस गर्नु जरुरी छैन । म त सकेसम्म निर्विरोध नै होस् भन्ने चाहन्छु । सहमतिमै मनोनयन दर्ता होस् चाहन्छु । हाम्रो समूहले एक भएर उम्मेदवारी हुनुपर्छ भन्ने कार्यकर्ता पंक्तिको दबाब छ । त्यसलाई अन्यथा मान्न पनि मिल्दैन ।’