काठमाडौँ ७ असोज । सत्तारुढ दल नेपाली कांग्रेसको आज पनि पदाधिकारी बैठक बस्ने भएको छ । बैठक आज बिहिबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको पदाधिकारी बैठकमा मन्त्रीको टुंगो लगाइने र आशन्न महाधिवेशनबारे छलफल गरिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु पक्षको मात्र मन्त्री बनाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने अशन्तुष्ट रहेको छ ।
पार्टी सभापति समेत रहेका देउवाले बुधबार मात्रै पराराष्ट्रमन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गरेका थिए । यही विषयमा पनि पौडेलल पक्षले आफुहरुसँग विना छलफल मन्त्री नियुक्त गरेको भन्दै आपत्ती जनाउँदै आएका छन् ।