के गभर्वती छिन् प्रियंका चोपडा ? — OSNepal

के गभर्वती छिन् प्रियंका चोपडा ?

LC (KTM) September 23, 2021 0

एजेन्सी( बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनसको घरमा बच्चाको स्वागतमा तयारी सुरु भएको छ । तर यो बच्चा निक र प्रियंकाको नभइ प्रियंका चोपडाकी जेठानी सोफी टर्नर र जो जोनासको हो।
समाचारमा जनाइए अनुसार २३ बर्षेय सोफी गर्भवती बनेकी छन् ।

सम्पूर्ण जोनास परिवार बच्चाको आगमनलाई लिएर अत्यन्त खुशी भएका छन् र यसका लागी तयारीमा जुटेका छन् । विदेशी मिडियाका अनुसार जो र सोफी टर्नरले सन्तान हुने कुरा लुकाएका थिए तर अहिले यो कुरा सार्वजनिक भएको छ । सोफीले अवस्थालाई हेर्दै त्यस अनुसारका कपडा मगाएकी छन् ।

सोफी र जो हालै प्रियंकासंगै ग्र्यामी अवार्डमा देखा परेका थिए। चोपडाका फ्यानहरूले पनि उनीहरूबाट यस्तै शुभ समाचार सुन्न आतुर भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर