युभेन्ट्सको पहिलो जित, एसी मिलानको अपराजित यात्रा कायमै — OSNepal

युभेन्ट्सको पहिलो जित, एसी मिलानको अपराजित यात्रा कायमै

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज – रोमान्चक खेलसँगै इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्सले पहिलो जित निकालेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले १/१ गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले १/१ गोल गरे ।

युभेन्ट्सका लागि किनले २८, फेडेरिकोले ६६ र लिग्टले ७२ मिनेटमा गोल गरे । यस्तै पराजित स्पेजियाको लागि ग्यासीले ३३ र जेनिसले ४९ मिनेटमा दोस्रो गोल गरे ।

जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक सहित १२औँ स्थानमा छ । पराजित स्पेजिया ४ अंक जोडेर १६औँ स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा एसी मिलानले भेनेजियालाई २-० गोल अन्तरले पराजित गरेको छ ।

लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा मिलानको लागि ब्रहिम डिआजले खेलको ६८ र थियो हर्नाण्डेजले ८७ मिनेटमा गोल गरे । जितसँगै ६ खेलबाट पाँच जित र एक बराबर गरेको एसी मिलान १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

अर्काे खेलमा एम्पोलीले कागलियरीलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर