आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अझै मन्त्रिपरिषद बिस्तारको टुंगो लगाउन सकेन , मन्त्री बन्ने आकांक्षी नै धेर भएर देउवा तनावमा — OSNepal

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अझै मन्त्रिपरिषद बिस्तारको टुंगो लगाउन सकेन , मन्त्री बन्ने आकांक्षी नै धेर भएर देउवा तनावमा

LC (KTM) September 22, 2021 0

मन्त्रिपरिषद समेत बिस्तार गर्न नसकेको लाचार सरकार भन्दै आलोचना बढिरहेका बेला आज सत्ता गठबन्धनको बैठक बस्यो । आज बसेको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल त भयो तर निर्णय भने हुन सकेन । सोझो हिसाबमा भन्ने हो भने मन्त्री कस्लाई बनाउने भन्ने कुरामा कुरा मिलेन । आकांक्षी धेरै भएकोले पनि मन्त्रिपरिषदले अहिले सम्म पुर्णता पाएको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद बिस्तार संगै आज सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर