आखिर सलमान खानको बिग बोस लाई किन गर्दैछन् नायिकाहरुले अस्विकार ? अर्की नायिका टीना दत्तले पनि गरिन् अस्विकार — OSNepal

आखिर सलमान खानको बिग बोस लाई किन गर्दैछन् नायिकाहरुले अस्विकार ? अर्की नायिका टीना दत्तले पनि गरिन् अस्विकार

LC (KTM) September 22, 2021 0

इण्डियामा निकै मज्जाले चलेको रियालिटी शो मध्ये एक हो सलमान खानले होस्ट गर्ने शो बिग बोस । बिग बोसका लागि भनेर धेरै सेलिब्रेटीहरु फुरुंग हुने गर्छन् । तर पछिल्लो समय केही नायिकाहरुले यस शो लाई निरन्तर अस्विकार गरिरहेका छन् ।

केही दिन अघि मात्र भोजपुरी हिरोइन् रानी चर्टाजीले पनि बिग बोसमा सहभागि हुन गरिएको प्रस्ताव अस्विकार गरेकी थिईन् । अहिले आएर सीरियल उतरनकी चर्चित पात्र इच्छा अर्थात नायिका टीना दत्ताले पनि बिग बोसको अफर अस्विकार गरेकी छिन् । टीनालाई पनि हरेक बर्ष बिग बोसका लागि अफर आउने गरेको छ ।

यसपालीको सिजन १५ मा पनि उनलाई अफर आएको थियो । उनले सलमानको शो मा हिस्सा नलिने भन्दै गरेको एक पोष्ट यतिबेला एकदमै भाइरल भएको छ । टीनाले आफ्नो एक तस्बीरलाई एक म्यागजिनको फ्रन्ट पेजमा फोटोशप गरेकी छिन् । यस तस्बीरमा उनलाई एकदमै ग्ल्यामर्स देखिएको छ ।

क्याप्सनमा उनले लेखेकि छिन्– बिग बोस टाइम्सको कभर गर्द किनकि हाम्रो लभ अफेयरको अनुमान जारी रहेको छ । उनले म्यागजिन कभरमा लेख्दै भनेकी छिन्– तिमि र मलाई लुा छिपी खेल्नमा एकदमै मजा आउँछ मेरो माया । केही दिन उनलाई निर्माण पक्षले बिग बोसका लागि अप्रोच गरेको थियो तर टीनाले यो प्रस्ताव अस्विकार गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर