अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा भएको कोभिड १९ साइडलाइन सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्मेलनलाई संबोधन गर्दै विकासशील राष्ट्रलाई यस महामारीका बेला थप सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा समेत गरे । उनले विकासशील राष्ट्रहरुलाई ५० करोड फाइजर खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। अमेरिकाले पछिल्लो समय बिश्वभर खोप अनुदानमा उपलब्ध गराई रहेको छ ।
अहिले सम्म अमेरिकाले एक अर्ब डोज खोप अनुदानमा उपलब्ध गराएको छ । अमेरिकाले यसअघि विभिन्न मुलुकहरुलाई प्रत्यक्ष अनुदान र कोभ्याक्समार्फत ५० करोड डोज खोप उपलब्ध गराएको थियो। आज थप ५० करोड डोज उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् ।