सार्कमा तालिवानलाई मान्यता दिन पाकिस्तानले गरेको आग्रह नेपालद्धारा अस्विकार — OSNepal

सार्कमा तालिवानलाई मान्यता दिन पाकिस्तानले गरेको आग्रह नेपालद्धारा अस्विकार

LC (KTM) September 22, 2021 0

अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिवानलाई अन्र्तराष्ट्रिय समुदायले समेत मान्यता नदिइरहेको अवस्थामा सार्कमा पनि मान्यता नदिईने भएको छ । सार्कको अध्यक्षता गरिरहेको नेपालले तालिवानी सरकारका प्रतिनिधिलाई मान्यता दिन अस्वीकार गरेको छ।

अफगानिस्तानको सत्ता सम्हालिरहेको तालिवानलाई सार्कमा सहभागिता जनाउनका लागि पाकिस्ताले भुमिका खेलिरहेको थियो । पाकिस्तानले तालिवानी प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको हो ।

यहि बिबादका कारण आउँदो शनिबार सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठक समेत स्थगित भएको छ । पाकिस्तान अफगानिस्तानको तालिवानी सरकारलाई अन्तराष्ट्रिय मान्यता दिलाउन लागि परेको छ ।

तर अरु देशहरुले अस्वीकार गर्दै आएका छन्। सार्कमा पनि पाकिस्तानले नै मान्यता दिन प्रस्ताव अघि सारेको हो । अन्य सार्क राष्ट्रका देशहरुले भने समर्थन गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर