गोरखाली सर्जक शिव केसीको मौलिक दोहोरी गित 'बानी राम्रो' सार्वजनिक (भिडियोसहित) — OSNepal

गोरखाली सर्जक शिव केसीको मौलिक दोहोरी गित ‘बानी राम्रो’ सार्वजनिक (भिडियोसहित)

LC (KTM) September 22, 2021 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दुहरुको महान चाड वियजा दशमी एवम् शुभ-दिपावली नजिकिदै गर्दा थुप्रै नयाँ चाडपर्व विशेष गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ । कोरोनाका कारण ग्रसित भनेको समस्त गितसंगितको क्षेत्र विस्तारै उकासिदै छ, नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम नया नया गितहरु सार्बजनिक गर्दै आयका छन् ।

यसै बिच गोरखाली सर्जक एवम् गायक शिव केसीको मौलिक दोहोरी गित ‘बानि राम्रो’को अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक रविन लामिछाने, चर्चित गोरखीली गायक हरिराम परियार, गोरखाली सर्जक एवम् गायक शिव केसी, गोरखा मनकामना गितकी चर्चित गायिका विनिता गुरुङ, चर्चित गोरखाली गायिका सुमित्रा तामाङ, रोमि रोका एवम् टिका गुरुङको सुमधुर आवाजमा सजिएको उक्त दोहोरी गितमा गोरखाली सर्जक शिव केसीकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ भने सर्जक काजिबाबु अर्यालको पनि शब्द संकलन रहेको छ ।

मिलन फिल्मस् पोडक्सन प्रा.लि.को पर्दामा रहेको गितको म्युजिक भिडियो पनि अत्यन्तै रोचक वनेको छ । रविन लामिछाने, हरिराम परियार, शिव केसी, विनिता गुरुङ, सुमित्रा तामाङ, रोमि रोका, टिका गुरुङ एवम् रेनुका रम्तेलको फिचर एवम् अभिनय रहेको छ , गोरखाको ऎतिहासिक पर्यटकिय स्थल भिमसेन पार्कमा पहिलो पटक ड्रोन उडाएर सुट गरिएको गितको म्युजिक भिडियोलाई मुकेश हुमगाईको छांयाकन एवम् रोशन धितालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर