एभर्टनका प्रशिक्षकले मौका नै नदिए पछि कोलम्बियाका रोड्रिगेज कतारी क्लबमा अनुबन्धित — OSNepal

एभर्टनका प्रशिक्षकले मौका नै नदिए पछि कोलम्बियाका रोड्रिगेज कतारी क्लबमा अनुबन्धित

LC (KTM) September 22, 2021 0

अन्ततः कोलम्बियाका मिडफिल्डर रोड्रिगेज कतारी क्लबमा अनुबन्धित भएका छन् । उनी इंग्लिस क्लब एभर्टनमा आबद्ध रहेका थिए । उनी कतारी क्लबमा अनुबन्धित भएको कुरा एभर्टनले ै जानकारी दिएको हो । रोड्रिगेज कतारको अल रायन क्लबमा अनुबन्धित भएका हुन् ।

एभर्टनले अनुबन्धको रकम भने खुलाएको छैन । एभर्टनमा रहदा उनले मैदान उत्रने कुनै मौका पाएका थिएनन् । त्यसैले पनि उनी कतारी क्लबमा अनुबन्धित भएका हुन् । राफायल बेनिटेज मुख्य प्रशिक्षक भएपछि रोड्रिगेजलाई एभर्टनमा कुनै अवसर दिइएको थिएन् ।

३० वर्षीय मिडफिल्डर रोड्रिगेज गत सिजन एभर्टन आएका थिए । रियल मड्रिडका पूर्व मिडफिल्डर रोड्रिगेजले गत सिजन २६ खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर