नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी विनोद भण्डारीले गरे आफ्नी प्रेमीका सोनिकासँग इन्गेजमेन्ट — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी विनोद भण्डारीले गरे आफ्नी प्रेमीका सोनिकासँग इन्गेजमेन्ट

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी विनोद भण्डारीले आफ्नो केहि वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन् ।

भण्डारीले आज आफ्नी प्रेमीका खेल पत्रकार सोनीका अर्याल इन्गेजमेन्ट गरेका छन् । सोनीका खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) की सदस्य समेत रहेकी छन् । आज बिहिबार दुवैले हिन्दु परम्परा अनुसार इंगेजमेन्ट गरेका हुन् ।

सोनीका हाल ग्यालेक्सी फोरकेमा कार्यरत छिन् । विवाह भने हिन्दु परम्परा अनुसार यस वर्षको आउँदो बिजया दशमीको दिन गर्ने भएका छन् ।

इन्गेजमेन्ट गरैसँगै दुवैलाई समाजिक सञ्जालमापर्लत शुभकामना दिनेको ओइरो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर