मेस्सी भन्दा धनी निस्किए रोनाल्डो , फोर्ब्सले सार्वजनिक गर्यो शिर्ष १० धनी खेलाडीको नाम — OSNepal

मेस्सी भन्दा धनी निस्किए रोनाल्डो , फोर्ब्सले सार्वजनिक गर्यो शिर्ष १० धनी खेलाडीको नाम

LC (KTM) September 22, 2021 0

चर्चित फुटबलर लियोनल मेस्सीलाई पछि पार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पोर्चुगिज रोनाल्डोको कमाई १ सय २५ मिलियन अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । रोनाल्डो सन् २०२१ मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका हुन् । त्यस्तै फोर्ब्सको अनुसार मेस्सी दोस्रो स्थानमा रहेका छन् । उनको कमाइ १ सय १० मिलियन डलर रहेको छ ।

त्यस्तै पीएसजीकै अर्का चर्चित खेलाडी तथा ब्राजिलियन स्टार नेयमार तेस्रो स्थानमा रहेका छन् । उनको ९५ मिलियन डलर रहेको छ । पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा पर्न सफल भएका छन् । उनको कमाई ४३ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह पाँचौ स्थानमा रहदै ५१ मिलियन अमेरिकी डलरको मालिक बनेका छन् । यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की ३५ मिलियनसहित छैटौं, आन्द्रेस इनिस्टा ३५ मिलियसहित सातौं र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा ३४ मिलियनसहित आठौं स्थानमा छन् । रियल मड्रिडका ग्यारेथ बेल ३२ मिलियनसहित नवौं र रियलकै इडेन हाजार्ड ३९ मिलियन सहित दशौँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर