क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिका अर्याल वैवाहिक बन्धनमा बाँधिँदै, आज गरे इन्गेजमेन्ट ! — OSNepal

क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिका अर्याल वैवाहिक बन्धनमा बाँधिँदै, आज गरे इन्गेजमेन्ट !

LC (KTM) September 22, 2021 0

काठमाडौं- क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनिका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान भण्डारी र खेलकुद पत्रकार मन्चकी सदस्यसमेत रहेकी सोनिकाले आज हिन्दु परंपराअनुसार टीकाटालो गरेका हुन् ।

सोनिका हाल ग्यालेक्सी फोर के टीभीमा कार्यरत छन् । यसअघि उनी हिमालय टीभीमा थिइन् । सोनिकाले थुप्रै स्पोर्ट्स प्रोग्राममा प्रस्तोताको रूपमा समेत काम गरेकी छन् ।
भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर