प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता — OSNepal

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

LC (KTM) September 22, 2021 0

काठमाडौँ, ६ असोज- प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गर्नुभयो ।त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर