पुर्वाधार विकास कार्यालय हाकेका यि इन्जिनियर — OSNepal

पुर्वाधार विकास कार्यालय हाकेका यि इन्जिनियर

LC (KTM) September 22, 2021 0

जुम्ला,८ असोज ः  पूर्वाधार विकास कार्यालय जुम्ला २०७५ साल पुस महिनाको १५ गते जिल्लामा कार्यालय स्थापना भएको थियो  ।  सोही आर्थिक वर्ष कार्यालय संचालनमै सो कार्यालय सीमित भए । कार्यालयबाट हुने विकासे निर्माणदेखी अन्य काम अघि बढ्न सकेनन् । २०७६ सालमा सो कार्यालयमा कार्यालय प्रमुख भएर रुपबहादुर रावल आएदेखी कार्यालयले विकासे निर्माणदेखी अन्य अलपत्र परियोजनालाई तिब्रगतिमा अघि बढाउन कार्यकालमा कार्यरत कर्मचारी देखी आफु सक्रिय भएर लागे ।बितेको दुई आर्थिक वर्षबाट पुर्वाधार विकास कार्यालय जुम्लाले विकासे योजनामा केही फड्को मारेको छ । कर्णाली प्रदेशका दशवटै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना भएका छन्  । गएको आर्थिक वर्षमा दशवटै जिल्लामध्ये कार्य सम्पादन र कार्यालयको कार्य प्रगतिको हिसाबले पुर्वाधार विकास कार्यालय जुम्ला उकृष्ट हुने सफल भएको कार्यालय प्रमुख रुपबहादुर रावलले बताउनुभयो ।

कार्यालय प्रमुख रावलले भन्नुभयो,“हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकका नयाँ ट्रयाक खुलाएका छौ । आर्थिक बर्ष २०७६÷ ७७ बाट कार्यालयको कामतिब्र गतिमा अघि बढेको कार्यालय प्रमुख रावलले बताउनुभयो । ” सोही आर्थिक बर्षबाट जिल्लाभर ६१ किलोमिटर नयाँ ट्रयाक सडक खुलाएका छौ । आ.ब. २०७७÷७८ मा पनि जिल्लाभर ७६.५ किलोमिटर नयाँ सडक ट्रयाक गरि जम्मा कुल १३७ किलोमिटर नयाँ सडकको  ट्रयाक खुलाएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।” कार्यालयका अनुसार सडक स्तरोन्नति चौडा र रिटेनिंगवाल ५६ किलोमिटर ,सडकको पक्की नाला निर्माण १९ किलोमिटर,ग्रावेल सडक ११ किलोमिटर र  ढलान सडक १.३५ किलोमिटर कार्यालय बाट निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

जिल्लाको  हिमा गाउँपालिकाको चिउडी र मसानटाडामा दुई वटा  झोलुंगे पुल निर्माणधिनको अन्तिम चरणमा पुगेको छ । तिला गाउँपालिकाको त्रिवेणीमा साविकको ताम्ती गाविसहुदै  जाजरकोट जिल्ला जोड्ने पक्की पुल निर्माण सम्पन्न भई संचालनमा आएको र चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हुदै डोल्पा जोड्ने पक्की पुल निर्माण भई संचालनमा आएको पुर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा दुई सय पचास जनता आवसको घर निर्माण सम्पन्न भई भुक्तानी दिन बाकी रहेको कार्यालय प्रमुख रावलले बताउनुभयो ।

आर्थिक बर्ष २०७८÷०८९ मा पुर्वाधार विकास कार्यालय जुम्लाले गर्ने कार्य योजनाहरु पनि प्रस्तुत गरेको छ । जसमा,“ जुम्ला उर्थु खाली बुलबुले मुगु सडक पहिलो फेजको सम्पूर्ण कार्य सम्पन्न गरी दोस्रो फेजको काम अन्तिम चरणको खरिद प्रक्रिया गरी पटमारादेखी न्याउरीघाटसम्म सडक ग्रावेल र आवश्यक स्थानमा टेवा पर्खाल तथा ढलान गरिने ,जलजला छालाचौर गोठीज्युला कालाकांडा हुदै मुगु खप्तड जोड्ने सडक,गोठीज्युलाबाट कालाकांडासम्म बहुवर्षिया योजना मार्फत २० करोडको योजना कार्यन्वयनहुने,भैसेडीमा पक्की पुल को खरिद प्रक्रिया शुरु गरि निर्माण को थालनी , अन्य दुईवटा पक्की पुल बहुबर्षिया स्वीकृत योजना भएको खण्डमा निर्माणको थालनी हुने र राजमार्गदेखि कनकासुन्दरी मन्दिर जोड्ने पर्यटकीय झोलेङ्गे पुल निर्माण प्रक्रिया शुरु हुने कार्यालय प्रमुख रावलले बताउनुभयो ।

निर्माण हुन नसकेका पक्की पुल निर्माण साविको जिविस र प्रविधिक कार्यालय जुम्लाबाट निर्माण सम्पन्न हुने पक्की पुल एक दशकदेखी अलपल अवस्थामा रहेको दानसाघु हुदै डोल्पा जोड्न पक्की पुल पुर्वाधार विकास कार्यालय प्रमुख रावल कार्यालय प्रमुखको जिम्मेवारी पाएदेखी उनको  प्रयासले सो पुल निर्माण सम्पन्न भई संचालनमा आएको छ । अहिले सो पुलबाट जुम्ला सदरमुकाम खलङ्गा बजारबाट डोल्पा चल्ने सवारी साधनदेखी यहाँका स्थानीयवासिलाई निर्कै राहत मिलेको स्थानीयवासि दिपक बोहोराले बताउनुभयो ।

जिल्लाको तिला गाउँपालिकास्थित त्रिवेणीबाट छिमेकी जिल्ला जाजरकोट जोड्ने पकी पुल पनि निर्माण सम्पन भई संचालनमा आएको छ । सोही पुलबाट अहिले तातोपानी गाउँपालिका – ७ का स्थानीयवासिलाई आवतजावत गर्ने सहच भएको स्थानीयवासि तिलक रावतले बताउनुभयो । आव २०७७÷७८ मा कार्यालमा ५० करोड विनियोजन बजेटमध्ये ४५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । लाखौं रकम घरवाडा तिर्दै आएको पुर्वाधार विकास कार्यालय अहिले सो कार्यालयको घरवाडाको खर्च बचेको छ । जिल्ला समन्वय समितिको अतिथि गृहमा सो कार्यालय सरेको छ । सरकारी सम्पतिको संरक्षण समेत भएको छ । पहिला सो घरपुरै शैचालयमा परिमाण भएको थियो । कार्यालय प्रमुख रावलको पहलमा शौचालयमा परिमाण भएको समन्वयको अतिथि गृह अहिले आएर कार्यालयमा रुपान्तरण भएको छ ।

फोटो ः पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावल । तस्विर ः विजय रावत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर