एसियन कप २०२२ छनोटको रेस बाट बाहिरीए संगै महिला फुटबल टोली भोली स्वदेश आईपुग्दै — OSNepal

एसियन कप २०२२ छनोटको रेस बाट बाहिरीए संगै महिला फुटबल टोली भोली स्वदेश आईपुग्दै

LC (KTM) September 22, 2021 0

एएफसी महिला एसियन कप २०२२ छनोटको रेस बाट बाहिरीए संगै उज्वेकिस्तान गएको नेपाली महिला फुटबल टोली भोलि स्वदेश फिर्ता हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले दिएको जानकारी अनुसार नेपाली टिम भोली बिहान स्वदेश फर्कने छ ।

छनोटको समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको नेपाली टिम भोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभा ११ बजे आईपुग्ने एन्फाले जनाएको छ । नेपालले उज्वेकिस्तानमा रहदा फिलिपिन्स र हङकङ संग खेलेको थियो । अन्तिम समयमा सम्हालिन नसक्दा अग्रता कायम गरेर पनि नेपाल फिलिपिन्स संग दुई एक गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। नेपालले छनोटमा २ खेलमा १ अंक मात्र जोड्न सक्यो । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर