जन्मिने बित्तिकै नायिका प्रियंका कार्कीले खोलि दिईन् छोरी आयंकाको इन्ष्टा एकाउण्ट , सामाजिक सञ्जालमा अब सुरु हुने भयो अर्काे तहल्का — OSNepal

जन्मिने बित्तिकै नायिका प्रियंका कार्कीले खोलि दिईन् छोरी आयंकाको इन्ष्टा एकाउण्ट , सामाजिक सञ्जालमा अब सुरु हुने भयो अर्काे तहल्का

LC (KTM) September 22, 2021 0

नायिका प्रियंका कार्कीले अन्ततः छोरीलाई जन्म दिएकी छिन् । उनले छोरीलाई जन्म दिए संगै सामाजिक सञ्जालमा उनको फेरी टिका टिप्पणी हुन सुरु भएको छ । उनले आफु गर्भवती हुदा ताका बिभिन्न प्रकारका फोटो शुट गरेर दिनहु जसो आफ्ना शुभचिन्तक तथा फ्यानहरुलाई आफ्नो अवस्था बारे जानकारी दिई रहने गरेकी थिईन् ।

उनको यो कार्यलाई सबैले दिक्क मानेका थिए । उनले फोटो लाई सक्दा गालीको बर्षा सुरु हुने गरेको थियो । तर पनि उनले कसैको मतलब नराखी आफुलाई मन परेको काम गर्न छोडिनन् । धेरैले अनुमान गरेका थिए अब नानी नै जन्मिइ सके पछि उनको सामाजिक सञ्जालमा गर्ने हर्कत सकिन्छ भन्ने ।

तर उनको नयाँ हर्कत सुरु भई सकेको छ । हिजो पेट देखाएर वाक्क लगाएकी उनले अब आफ्नो भर्खर जन्मिएकी छोरी आयंकाको इन्ष्टाग्राम एकाउण्ट खोलि दिएकी छिन् । आयंका कार्की जोशीको नाममा उनले इन्ष्टा खोलि दिएकी हुन् । उनले खोलेको इन्ष्टामा प्रियंका र आयुशमानले नानीलाई बोकेको फोटो राखिएको छ ।

कानुनतः १३ बर्ष भन्दा कम उमेर समुहका जो सुकैले इन्ष्टा खोल्न पाउँदैनन् तर कोही उनको अभिभावकत्व रुपमा रहन्छ भने पाउने प्रावधान रहेको छ । त्यसैले पनि आयंकाको इन्ष्टामा एकाउण्ट ह्याण्डल बाई भनेर प्रियंका र आयुशमानको नाम उल्लेख गरिएको छ ।

आजै खोलेको यो इन्ष्टामा २ जनालाई मात्र आयंकाले फलो गरेकी छिन् भने उनलाई फलो गर्नेको संख्या ७ हजार पुगिसकेको छ । आयंकाको बायोमा लेखिएको छ बुवा र आमाले मलाई खुशीको बन्डल भन्नु हुन्छ , म असहमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर