साउथ कमेडियन योगी बाबूले चोरे कैट्रीनाका ब्वाई फ्रेण्ड बिक्की कौशलको हरर फिल्मको पोस्टर , भए यसरी ट्रोल — OSNepal

साउथ कमेडियन योगी बाबूले चोरे कैट्रीनाका ब्वाई फ्रेण्ड बिक्की कौशलको हरर फिल्मको पोस्टर , भए यसरी ट्रोल

LC (KTM) September 22, 2021 0

मनोरञ्जन उद्योगमा टेक्नोलोजीको महत्व जहिले देखी बढ्यो त्यसै बेला देखी साना तिना छल तथा जाली काम देख्न पाईरहेको छ । कसैको स्क्रीप्ट चोर्नु , म्युजिक कपी गर्नु , पोस्टर कपी गर्नु जस्ता कामहरु बाहिर आईनै रहेका हुन्छन् । यसैक्रममा एउटा नयाँ चोरी चकारीको कुरा बाहिर आएको छ ।

साउथका एकदमै चर्चित कमेडियन योगी बाबूको फिल्मले पोष्टर चोरी गरेको आरोप लागेको छ । जसका कारण सामाजिक सञ्जालमा उनको ट्रोल सुरु भएको छ । योगी बाबूको फिल्मको पोष्टर बिक्की कौशलको फिल्मबाट चोरी भएको भन्दै उनी ट्रोलको शिकार बन्न पुगेका हुन् ।

केही समय अघि बिक्की कौशलको हन्टेड फिल्म भूत पार्ट वन : द हन्टेड शिप रिलीज भएको थियो । फ्यानहरुका अनुसार योगी बाबूको हरर फिल्म पेइ मेइ को पोस्टर पुरै बिक्कीको हरर फिल्म संग मेल खाने छ ।

फेस स्वैपिंक प्रबिधिको प्रयोग गरेर बिक्कीको अनुहारमा योगी बाबूको अनुहार रिप्लेस गरिएको छ । यो तामिल फिल्म अहिले यही बिषयमा ट्रोल बनिरहेको छ । उनीहरुले दुबै जनाको लुगा बाटै फोटोको नक्कल गरिएको दाबी गरेका छन् । दुबै जनाको लुगा एकदमै उस्तै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर