मन्त्रिपरिषद् विस्तार र समसाययिक विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बालुवाटारमा सुरु — OSNepal

मन्त्रिपरिषद् विस्तार र समसाययिक विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बालुवाटारमा सुरु

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज – सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद् विस्तार र समसाययिक विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि ५ बजे बस्ने भनिएको गठबन्धन दलको बैठक एक घण्टा ढिलो गरी बसेको हो । गठबन्धनको बैठक सुरु हुनुभन्दा अगाडि कांग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन् । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर