पोखरामा दिन दाहाडै चोरी — OSNepal

पोखरामा दिन दाहाडै चोरी

LC (KTM) September 22, 2021 0

पोखरा- पोखरा महानगरपालिका ३२ मा एक महिलाको कानको लोती काटेर चोरी भएको छ । ४८ वर्षिया मरियम गुरुङको घरभन्दा १०० मिटर टाढा पहिला ढुङ्गाले हानेर बेहोस बनाएर सुन लुटिएको हो ।

गुरुङको कान काटेर १ तोला सुन लुटिएको हो । पिडितको छोरी २ वटा कानको लोति काटेको फातिमा खातुनले जानकारी दिइन् । घाइतेले दिएको बयान अनुसार पहिला छातिमा ढुङ्गाले हानेर बेहोस बनाएको थियो ।

ढुङ्गाले हान्ने बेलामा नै मरियम गुरुङले हातमा चक्कु लिएको बयान दिएकी छन् । स्थानीयले देखे पछि परिवारलाई जानकारी दिएका थिए ।रातोमा सेतो धर्का भएको सर्ट लगाएको पातलो मान्छेले हिर्काएको देखिएको घाइतेको दिदी जरिना गुरुङले जानकारी दिइन् । घाइते महिलाको अहिले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।

घाइतेको आफन्तले ईलाका प्रहरी कार्यालय डाँकाको नाकमा घटनाको बिषयमा उजुरी दिएका छन । मरियमको ज्वाई मसुद आलमले उक्त घटनाले गाउँभरि त्रास फैलिएको बताए हेर्नुहोस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर