बलिउड अभिनेता सोनू सूद भन्छन्– फाउण्डेशनको पैसा सही ठाउँमा सदुपयोग गर्ने जिम्मेवारी मेरो भयो   — OSNepal

बलिउड अभिनेता सोनू सूद भन्छन्– फाउण्डेशनको पैसा सही ठाउँमा सदुपयोग गर्ने जिम्मेवारी मेरो भयो  

LC (KTM) September 22, 2021 0

आयकर बिभागको टोलीले बलिउड अभिनेता सोनू सूदको घरमा छापा मारेर उनले २० करोड रुपैया कर छली गरेको दाबी गरेको थियो । उनको बिभिन्न स्थानमा रहेको घरमा आयकर बिभागले दुई तीन दिन लगाएर छापा मारेको थियो ।

त्यसपछि कर छली गरेको बिभागले दाबी गरेको छ । बिभागले कानुन बिपरीत कर छली गरेको दाबी गरिरहदा यतिबेला सोनू सूदले पनि प्रतिक्रिया दिएका छन् । उनले आफुृले कुनै कानुन उल्लङघन नगरेको दाबी गरेका छन् ।

उनले आज तक संगको कुराकानीको क्रममा आफुले मात्रै जरुरत परेकाहरुलाई सहयोगको हात अघि बढाएको दाबी गरेका छन् । उनले आफु राजनितीको बिरोध नगरे पनि आवश्यक समय र परिस्थिती अनुसार राजनितीमा आउन सक्ने समेत संकेत गरेका छन् ।

तर उनले आफु मानसिक रुपमा तयार भए पछि मात्र राजनीतिमा आउन सक्ने संकेत गरेका हुन् । उनले आफ्नो फाउण्डेशनका सम्बन्धमा लागेको आरोप प्रति प्रतिक्रिया दिदै फाउण्डेसनको नाममा आएको एक रुपैया पनि अनावश्यक खर्च नहुने र यो रकम सही ठाउँमा प्रयोग गर्ने आफ्नो जिम्मेवारी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर