नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण — OSNepal

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff Course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूलेनेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताउनुभयो ।

आउँदा दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने उहाँले उल्लेख गर्नुभयो ।प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर