भोली बस्ने संसद बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने — OSNepal

भोली बस्ने संसद बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । भोली बिहिबार बस्ने संसद बैठकमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

आज बुधबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक पछि प्रवक्ता कष्णबहादुर महराले भोली बस्ने संसद बैठकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक आउने बताएका हुन् ।

सरकारले संशोधन सहित ल्याएको अध्यादेशमा दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो । जसले गर्दा माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल खोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर