काठमाडौं ६ असोज । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले भोलि बिहिबार सरकारले पुर्णता पाउने बताएका छन् ।
माओवादी केन्द्रको आज बसेको स्थायी कमिटिको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महराले भोलीसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
आज नै सत्तागठवन्धन दलहरुको बैठक बस्ने जानकारी दिएका महराले भने, ‘अहिले केही बेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ,त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
राजनीतिक दलसम्बन्धी अध्यादेशको विषयमा समेत आजको सत्ता गठवन्धनको बैठकमा छलफल हुने समेत महराले जानकारी दिएका छन् ।