ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुरले गरे जावलाखेल युथ क्लबलाई चार लाख सहयोग — OSNepal

ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुरले गरे जावलाखेल युथ क्लबलाई चार लाख सहयोग

LC (KTM) September 22, 2021 0

काठमाडौँ, ६ असोज – ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई रु चार लाख सहयोग गर्नुभएको छ । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उहाँले सो रकम सहयोग गर्नुभएको हो ।

एन्फाको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिगमा क्लबले भाग लिँदैछ । क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताउनुभयो । उहाँले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताउनुभयो । क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि उक्त रकम खर्च गरिने बताउनुभयो । बुढाथोकीले विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आउनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर