काठमाडौँ ६ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले भोली बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार भोली बिहिबार बस्ने बैठकले पार्टीको महासचिव टुंगो लगाउने भएको हो । हिजो मंगलबार बसेको पार्टीको केन्द्रिय किमिटको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन गरेका थिए ।
उक्त प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको हो । अब महासचिव टुंगो लगाएसँगै नेकपा एसले चाँडै नै स्थायी कमिटी र पोलिटब्यूरोलाई समेत अन्तिम रुप दिने भएको छ ।
पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्नको टुंगो पनि चाँडै लगाउने खतिवडाले बताएका छन् ।