अक्षयको बेल बटमले लगानी सुरक्षित गर्यो , बक्स अफिसमा ५० करोडको ब्यापार — OSNepal

अक्षयको बेल बटमले लगानी सुरक्षित गर्यो , बक्स अफिसमा ५० करोडको ब्यापार

LC (KTM) September 22, 2021 0

कोरोनाको महामारीले थलिएको बलिउड बजार बिस्तारै उठिरहेको छ । महामारीकै समयमा जोखिम मोलेर गत १९ अगस्टमा अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’ रिलीज भयो । यस फिल्मले सुरुवातको समयमा खासै राम्रो कमाइ गर्न सकेन ।

रिलीज भएको समयमा बक्सअफिसमा अपेक्षा अनुसारको ब्यापार गर्न नसकेको यस फिल्मले अहिले १ महिना पछि आएर राम्रै कमाई गरेको छ । यस फिल्मले प्रर्दशनको हिसाबमा एक राम्रो रेकर्ड बनाएको हो ।

चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा घरेलु बक्सअफिस बाट मात्रै ३० करोड कमाउन सफल भएको छ । यस फिल्मले स्वदेशमा ३० करोड कमाएको छ भने बिदेशमा २० करोडको ब्यापार गर्दै जम्मा ५० करोडको कमाई गर्न सफल भएको हो ।

४५ करोडमा बनेको फिल्मले आफ्नो लगानी भने सुरक्षीत गरेको छ । यस फिल्ममा अक्षय कुमार संगै वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी, आदिल हुसेन को अभिनय रहेको छ । यस फिल्ममा ईन्दिरा गान्धीको लुक्समा देखिएकी लाराको सर्वत्र चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर