१ हजार ४७८ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ६३० जना भए संक्रमणमुत्त — OSNepal

१ हजार ४७८ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ६३० जना भए संक्रमणमुत्त

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणको संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको भने ज्यान गएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर