बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनाकार पण्डित नुवाकोटबाट पक्राउ — OSNepal

बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनाकार पण्डित नुवाकोटबाट पक्राउ

LC (KTM) September 22, 2021 0

काठमाडौँ ६ असोज । भरतपुर बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेका समुहका एक जनालाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अपहरणका मुख्य योजनाकार राजेन्द्र पण्डित रहेका छन् । उनको समुहका रोहित पालिवाल र भीमसेनको समूहले गत २०६७ साल जेठ ४ गते तत्कालीन निर्देशक श्रेष्ठ अस्पतालबाट घर फर्किँदै गर्दा अपहरण गरेका थिए ।

उक्त घटना पछि उनलाई पुनरावेदन अदालत हेटौंडाले ९ वर्षको कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाइएको थियो । तत्पश्चात उनी नेपाल र भारतको विभिन्न स्थानमा लुक्दै बस्दे आएका थिए ।

हिजो मंगलबार उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका पण्डितलाई फैसला कार्यान्वयनका लागि आज बुधबार नै अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर