काठमाडौँ ६ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको बताएको छन् ।
आज बुधबार पत्रकार सम्मेलन गरेका गच्छादारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानीछानी मुद्दा चलाउने काम गरेको बताउँदै यस्तो बताएका हुन् ।
उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका उनले अख्तियारले प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको सम्मेलनमा बताएका छन् ।
अख्तियारले सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताएका उनले भने, ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन, अख्तियारले मात्र उन्मुक्ति दिनु नपर्नेलाई उन्मुक्ति दिएको छ ‘।
उक्त प्रकरण आफुले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको बताएका उनले , राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको बताएका छन् ।