प्रधानमन्त्रीको प्रश्न ‘मन्त्रिपरिषद्ले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिकोमा जान्छ र त्यही राष्ट्रपतिले गर्नुपर्छ ,अनि राष्ट्रपतिप्रतिको आक्रोश किन ? — OSNepal

प्रधानमन्त्रीको प्रश्न ‘मन्त्रिपरिषद्ले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिकोमा जान्छ र त्यही राष्ट्रपतिले गर्नुपर्छ ,अनि राष्ट्रपतिप्रतिको आक्रोश किन ?

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विरुद्ध गरेको विरोध गणतन्त्रलाई कमजोर बनाउने काम भइरहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपति गणतन्त्रको प्रतीक भएकाले राष्ट्रपति संस्थाको मर्यादा घटाउने कम भएको बताएका छन् ।
विपक्षी दलहरुलाई संकेत गर्दै ओलीले आफु अनुकुल सिफारिस नभएको भन्दै राष्ट्रपति संस्थाको मर्यादामा आँच आएको बताएका हुन् ।

ओलीले भने, ‘मन्त्रिपरिषद्ले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिकोमा जान्छ । त्यही राष्ट्रपतिले गर्नुपर्छ । अनि राष्ट्रपतिप्रतिको आक्रोश किन रु राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो । गणतान्त्रिक संस्था, गणतन्त्रको प्रतिक हुन्छ राष्ट्रपति । राजा गणतन्त्रमा हुँदैन । राष्ट्रपतिको हुर्मत लिने काम, अपमान गर्ने काम, राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम, आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुसार भएन भने पनि राष्ट्रपतिका संवैधानिक सिमा र काम कर्तव्य त बुझ्न पर्छ होला नि ।’ सम्मेलनमा ओलीले यदि वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने पनि बताएका छन् ।

‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर