कट्रिना भन्छिन् 'सलमान मेरा मिल्ने साथी हुन् उनलाई म किन भाइजान भनूँ ' ? — OSNepal

कट्रिना भन्छिन् ‘सलमान मेरा मिल्ने साथी हुन् उनलाई म किन भाइजान भनूँ ‘ ?

LC (KTM) May 21, 2021 0

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानलाई अधिकांश फिल्मकर्मी भाइजान भनेर सम्बोधन गर्ने गर्छन् । तर, खासमा सलमान आफूलाई भाइजान भनेको मन पराउँदैनन् । उनी आफू आफ्ना दाजुभाइ बहिनीहरूले मात्र भाइजान भनेको मन पराउँछन् ।

हालैको एउटा अन्तर्वार्तामा सलमानले आफूलाई कैटरिना कैफले भाइजान नभनून् भन्ने इच्छा व्यक्त गरे । सलमानको यो कुराको मान्छेले आ–आफ्नो रूपमा व्याख्या गरेका छन् । सलमान र कैटरिनाबीच कस्तो सम्बन्ध छ भन्नेबारे सबै जानकार छन् । त्यसकारण सलमान पहिला नै सजक भएका छन् । मिडियाले कैटरिनालाई सलमानको इच्छाबारे सोध्न भ्याएछन् ।नयाँ पत्रिकामा खबर रहेको छ ।
कैटरिनाले जवाफ दिइछन्, ‘सलमान मेरा मिल्ने साथी हुन् । उनलाई म किन भाइजान भनूँ रु’ कैटरिनाको उत्तर सुनेर सायद सलमान खुसी होलान् । कैटरिनाको करिअर अघि बढाउन सलमानले निकै सहयोग गरेका छन् । उनीहरूबीच अफेयर चलिरहेको भारतीय मिडियाले उल्लेख गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर