घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आयो — OSNepal

घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आयो

LC (KTM) September 22, 2021 0

मुग्लिन, ६ असोज – पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर