अभिनेत्री प्रियंकाले दिइन् छोरीलाई जन्म — OSNepal

अभिनेत्री प्रियंकाले दिइन् छोरीलाई जन्म

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असोज-अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले बुधबार छोरीलाई जन्मदिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफुले छोरीलाई जन्म दिएको उल्लेख गरेकी छन् ।

तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनको चर्चा र अलोचना सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर