काठमाडौँ ६ असोज । कपनमा एक बालक ढलमा खसेर वेपत्ता भएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलवार राति एक बालक वेपत्ता भएका हुन् ।
वेपता बालकको पहिचान भने खुलेको छैन । स्थानीय र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाको बताएका छन् ।