सरकारको नेतृत्व गरेको ७० दिन पुग्दा थपेको एक जना मन्त्रीको विषयलाई लिएर सत्तारुढ दल भित्रै विवाद — OSNepal

सरकारको नेतृत्व गरेको ७० दिन पुग्दा थपेको एक जना मन्त्रीको विषयलाई लिएर सत्तारुढ दल भित्रै विवाद

LC (KTM) September 22, 2021 0

काठमाडौँ ६ असोज । परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरेसँगै नेपाली कांग्रेस भित्रै विवाद बढेको छ ।

पार्टी भित्र छलफल नै नगरी एकलौटी निणर्यले खड्कालाई नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ती जनाएको छ ।

यही विषयलाई लिएर पौडेलले आफुपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक आज दिउँसो महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने जनाइएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई पराराष्ट्रमन्त्रीमा नियुक्त गरेको थियो । साथै उनले आजै शपथ ग्रहण गर्ने भएका छन् । सरकार बनेको ७० दिन पुग्दा बल्ल ६ जना मन्त्रीमा नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर