जानी राखौँ निचोरेर फालेका कागतीका यस्ता अनौठा फाईदा — OSNepal

जानी राखौँ निचोरेर फालेका कागतीका यस्ता अनौठा फाईदा

LC (KTM) May 21, 2021 0

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं। यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदाः

भाडा डढेको दाग मेटाउन कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

हातको चिल्लो हटाउन तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ ।

कपडामा चमकपन ल्याउन सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर