११ घण्टापछि सञ्चालनमा आयो पहिरोका कारण अवरुद्ध भएको मुग्लिन नौविसे सडक — OSNepal

११ घण्टापछि सञ्चालनमा आयो पहिरोका कारण अवरुद्ध भएको मुग्लिन नौविसे सडक

LC (KTM) September 22, 2021 0

पहिराका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर