काठमाडौं, ६ असोज- परराष्ट्र मन्त्रीमा नियुक्त भएका कांग्रेस नेता डा. नारायण खड्काको शपथ आज दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासले दिउँसो १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
सरकारले खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको जानकारी आजै राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि खड्का आज राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम तय भएको छ ।