सरकारको नेतृत्व गरेको साढे दुई महिना पछि देउवा सरकारले नियुक्त गर्यो परराष्ट्रमन्त्री, अब अरु कहिले ? — OSNepal

सरकारको नेतृत्व गरेको साढे दुई महिना पछि देउवा सरकारले नियुक्त गर्यो परराष्ट्रमन्त्री, अब अरु कहिले ?

LC (KTM) September 22, 2021 0

काठमाडौं ६ असोज । गठवन्धन सरकारको नेतृत्व लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना पछि एक जना मन्त्री नियुक्त गरेका छन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।

अब राष्ट्रपति कार्यालयले शपथ ग्रहण लिने समयको निर्धांरण गर्न मात्र बाँकी रहेको छ ।
आजै शपथ लिएर आफ्नो कार्यभार सम्हाल्दै खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम समेत तय भइसकेको जनाइएको छ ।

पाँच जनाको समुहले सरकार चलाएको देउवा सरकारमा अब ६ जनाका समुह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर